Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:०८ दिउँसो
- ADVERTISEMENT -

मेनपावर व्यवसायी रञ्जन पाण्डेको मानमर्दन प्रयास,ब्यावसायीहरु समस्या नै समस्यामा

प्रकाशित मिति: २०८० असोज २०, शनिबार

181
Shares

 काठमाडौँ,शक्तिको आडमा मेनपावर व्यवसायीमाथि कतिसम्म धरपकड हुन्छ भन्ने कुरा हालैको एक घटनाले देखाएको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने प्रयोजनका लागि आवश्यक प्रक्रिया हुँदै गर्दा एक मेनपावर व्यवसायी नै पीडित बन्न पुगेका हुन । बैदेशिक रोजगार ब्यावसायको माध्यमबाट देशमा रेमिटेन्स भित्र्याउनमा प्रमुख भुमिका खेलेका मेनपावर ब्यावसायीलाई सरोकारवाला निकायले सधै दुख दिने गरेका छन । उनिहरुका कारण ब्यावसायीहरु विभिन्न समस्या जेलर ब्यावसाय गर्न बाध्य भएका छन । सिन्धुपाल्चोकका विष्णु विक्रम खड्कालगायत ४ जनाले वैदेशिक रोजगार विभागमा दिएको भनिएको उजुरीका आधारमा तनहुँका रञ्जन पाण्डेलाई बिना जानकारी असोज १६ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट नियन्त्रणमा लियो ।

पाण्डेले आफूहरुलाई माल्टा पठाउने नाममा रकम लिएको भन्दै खड्कालगायत ४ जनाले पाण्डेलाई आरोप लगाएका थिए । जवकि खड्कालगायतको भिसा एक पटक नलागेपनि दोस्रो पटक प्रोसेसिंगमा रहेको थियो । तर, उनीहरु त्यसलाई वेवास्ता गर्दै छापामार शैलीमा विभाग र प्रहरीकोमा पुगेका थिए । उनीहरुले शक्तिको आडमा मेनपावर व्यवसायीमाथि धरपकड गर्ने नियतका साथ उजुरी दिएर उल्टै ब्याबसायीलाई पीडित बनाएका छन । पीडित भनिएका खड्कासहित ४ जनाको माल्टाबाट वर्क पर्मिट आइसकेको थियो । त्यहीबीचमा भिसा प्रोसेसिंग गरिदिने कम्पनी भीएफक्समार्फत अप्लाइ भएपनि उताबाट भिसा रिजेक्ट भएर आयो । रञ्जनकै सल्लाहमा उनीहरुले दोस्रो पटक अप्लाइ गर्ने त भने तर पनि उनीहरु रहस्यमय ढंगले एकाएक प्रहरीलाई सेटिंग मिलाएर विभागमा उजुरी बोकेर गएको बताइएको छ । त्यतिबेलासम्म उनीहरुको करिब ७६ हजार ५०० रुपैयाँ खर्च भइसकेको थियो । जुन वैध र कुनै ठगीको विषय थिएन । आवश्यक वर्क पर्मिट र भिसाको लागि भीएफएक्ससँग लिने डेटको शुल्क मात्र रहेको थियो । उनीहरुले पाण्डेसँग उक्त रकमसमेत नमागी एकाएक विभागमा पुगेका थिए । पछि एकाएक उनीहरुले राजनीतिक पहुँच र प्रहरी समेत देखाउँदै पाण्डेलाई दुख दिने र बदनाम गर्ने नियतले षडयन्त्र गरेका थिए । सामाखुशीबाट पान्डेलाई वैदेशिक रोजगार विभागमा लगिएको थियो । त्यहाँ मिलापत्र त गराइयो तर पाण्डेले उल्टै ठुलो आर्थिक क्षति बेहोर्नुपरेको छ । विभागमा मिलापत्र गराउने क्रममा भिसा प्रोसेसिंग सहित उनीहरुको तर्फबाट भएको अनावश्यक र सबै खर्चहरु समेत भराइएको छ । पाण्डेका अनुसार उनले मिलापत्र गराउँदा १२ लाख ६५ हजार तिर्नुपरेको छ । जवकि खड्कालगायतले सिधै पाण्डेलाई नभएर एजेन्ट सुजित बस्नेत र मीन बहादुर श्रेष्ठलाई करिब ६ लाख बुझाएका थिए । सुजित र मीनबहादुरले लिएको पैसालाई पाण्डेले ठगी गरेको भन्दै उजुरी दिएपनि मिलापत्रमा भने अनेक बहानाबाजी गरेर १२ लाख ६५ हजार तिराइएको हो ।

एकातिर सार्वजनिक मानमर्दन र अर्कातिर बित्थामा ठूलो आर्थिक क्षति हुँदा पाण्डे तनावमा छन । सयौँ मानिसलाई वैदेशिक रोजगारीका लागि माल्टा र युरोप जान सहजीकरण गरिसकेका पाण्डेले यो प्रकरणले निकै तनाव र दुखी तुल्याएको बताए । इमान्दारीताका साथ व्यापार गरेर खानुपर्छ भन्ने मान्यता राख्ने पाण्डेले यो प्रकरणले ठूलो पाठ सिकाएको समेत बताउने गरेका छन् । तनुहँको दमौली घर भएका पाण्डे केही वर्ष माल्टा बसेर पछिल्लो समय काठमाडौँमा व्यवासायीको रुपमा कार्यरत छन । माल्टामा रहँदा उनले नेपाली समुदायको सुख दुखमा धेरै काम गरेका थिए भने दुख पाएकाहरुलाई रोजगार दिलाउनेदेखि आवश्यक विभिन्न सरसहयोग गर्ने गरेका थिए । माल्टामा राम्रो आम्दानी हुँदाहुँदै देशमै केही गर्छु भनेर फर्किएका उनको अहिले मेनपावरसहित विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ । धेरैलाई सहयोग गरेको र मेनपावरमार्फत वैध ढंगले सयौँलाई माल्टासहितका देशमा पठाइसकेका उनलाई विभागले ठगी गरेको भनेकोमा उनलाई नजिकबाट चिन्नेहरु आश्चर्यचकित छन । खड्काले केही केन्द्रीय नेतासहित पहुँचवालाहरुको प्रयोग गरेर रञ्जनलाई अप्ठ्यारोमा पारेको बताइएको छ ।

उनीलगायतको मूड चेन्ज भएर माल्टा जान नचाहेको तर प्रोसेसिंमा पैसा खर्च भइसकेपछि ठगीको बहानामा रञ्जनलाई प्रयोग गरेर शक्तिकेन्द्रको आडमा यो कार्य गरेको बताइएको छ । अहिले आर्थिक लेनदेनदेखी सर सापटका जुनै पैसा लिनुपर्ने भएपनि बैदेशिक रोजगारको मुद्दा लगाएर पैसा उठाऊने र क्षतिपूर्ती लिने चलन नै चलेको छ । यस विषयमा रञ्जनसँग बुझ्दा आफूले कसैसँग कुनै रकम नलिएको र सहयोग गर्छु भन्दा आफू नै पीडित बन्न पुगेको बताए । आफूसँग कुनै सरसल्लाह नै नगरिकन एकाएक गुण्डागर्दी शैलीमा पक्राउ गराएर आफ्नो मानमर्दन गर्ने काम भएको भन्दै उनले आफू सही रहेको तथा वैध ढंगले व्यवसाय गरिरहेको स्पष्ट पारे । उनले योजनाबद्ध रुपमा आफूलाई फसाउन भएको यो कार्यबाट भ्रममा नपर्न पनि सबैसँग अनुरोध गरेका छन । पाण्डेले आफुले बाध्यतामा परेर उक्त रकम तिरेर आएको र अव कसरी अगाडी बढ्ने भनेर कानूनी परामर्शमा रहेको बताए ।    

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -