गोरखा / गोरखा भिमसेनथापा गाउँपालिका वडा नम्बर ४ धावामा ६५ बर्षय पुरुष झुण्डिएको अवस्थामा फेला परेको छन् ।
गोरखा भिमसेनथापा ४ बस्ने चुडा प्रसाद बञ्जारा (सुब्बा) आज बिहाना आरुघाट बजार गएर फर्किदा धावा स्थित जुंडीखेत नजिक बाटोमै झुण्डिएको अवस्थामा भेटिएका हुन ।
घटनास्थल घर भन्दा केही टाढा रहेकोले अहिले प्रहरी र आफ्न्तहरु घटनास्थलमा आईसकेका छन् र घटनाबारे थप अनुसन्धान भईरहेको आरुघाट प्रहरीले सिमपानी न्युज लाई जानकारी दिए ।
उनले आरुघाट बाट फर्किदा टारीफाँटमा डोरी किनेको स्थानयिले बताए ।








































