काठमाडौ ,नेपाली कॉंग्रेस गोरखाको बिभिन्न गॉंउ देखि नगर हुदैं क्षेत्रीय सम्मेलनको समयमा भएको आन्तरिक खिचातानी एक नेता ले अर्को नेताको अस्तित्व समेत स्वीकार गर्न नसकेको जस्तो सामाजिक संजलमा आरोप -प्रत्यारोप गरिरहेको देखिएको छ । कुनै पनि सम्मेलनमा पाटी कार्यकर्ताको उत्साजनक उपस्थिति देखिएको थिएन। त्यसै अबसरमा गोरखा नगर सम्मेलनमा ब्यानर मा मुख्य मन्त्रीको फोटो राखेर नगरपरिक्रमा गराएको बिषयको चर्को आलोचना भएको थियो त्यसैलाई चिर्दे कॉंग्रेस बाट निर्वाचित संघिय सांसद बजगाई ले सामाजिक संजाल फेसबुक मार्फत गोरखा कांग्रेसमा बिवाद नरहेको एक छ ,एक रहेको बताएका छन् ।
उनको भनाई जस्ताको तस्तै
नेपाली कांग्रेस गोरखा एक छ ,एक रहन्छ केहि दिनको सामाजिक संञ्जाल को टिपाणिले नेपाली कांग्रेस गोरखा बिबादित छ भन्ने लागेर कसैले नेपाली कांग्रेस गोरखा भित्रको भातृत्व तोड्न खोज्नेहरु आफै सकिएर जान्छ हामि नेपाली कांग्रेस गोरखा एक छौ नेता तथा कार्यकर्ता को बिचमा म आपिल गर्न चाहान्छु र सदैब गोरखा को बिकास को पक्षमा लागिरहने प्रण गर्दछु । जय नेपाल









































