Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:४४ दिउँसो
- ADVERTISEMENT -

धेरै नेपाली भएका देशमा ६ महिनाभित्र दूतावास खोल्ने अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणा

प्रकाशित मिति: २०८० असोज १७, बुधबार

168
Shares


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष का उम्मेदवार राजेन्द्रकुमार(आरके) शर्माले ६ महिनाभित्र पोर्चुगल लगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन।
एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा अन्तक्र्रिया गर्दै उनले सो कुरा बताएका हुन्।

नेपालीहरूका धेरै समस्याहरू समाधानका लागि राजदूतावास आवश्यक भएकाले ६ महिनाभित्र स्थापना गर्न आफ्नो ठाउँबाट सक्दो भूमिका निभाउने उनको प्रतिबद्धता थियो।

‘पोर्चुगलका नेपालीले भोग्दै आएका समस्याबारेमा मलाई सबै थाहा छ। ८० दिनअघि गएको जुलाईमा तपाईंहरूसमक्ष यहीँ लिजवनमा छलफल गरेको थिएँ,’ एनआरएनएका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले भने, ‘यो बीचमा ७ पटक नेपाल गएर प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीलाई भेटेर पोर्चुगलमा राजदूतावास खोल्न आग्रह गरेको छु, अब ६ महिनाभित्र स्थापना गर्नको लागि मैले सक्दो सबै पहल गर्नेछु।’

राजदूतवास नहुँदा पोर्चुगलका नेपालीलाई कागजातलगायतमा मुख्य समस्या भएको बताउँदै शर्माले राजदूतावास खोल्नका लागि सरकारसमक्ष माग राख्दै काठमाडौंमा धर्ना बस्न पनि आफू पछि नहट्ने बताए।

पोर्चुगलमा पछिल्लो समय धेरै नेपाली भित्रिएसँगै विभिन्न समस्या थपिँदै गएको तथा निधन भएकाको शव नेपाल पठाउन पनि आर्थिक समस्या पर्दै आएकोबारे जानकार रहेको भन्दै शर्माले आफू अध्यक्ष निर्वाचित भएमा आधा रकम एनआरएनए केन्द्रले बेहोर्नेसमेत प्रतिबद्धता जनाए ।
परदेशमा रहेका सबै नेपालीको साझा र एकताबद्ध एनआरएनए बनाउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो।

शर्माले अध्यक्ष विजयी भएमा सदस्यता निःशुल्क गर्नेदेखि लिएर सबै पञ्जिकृत सदस्यले महाधिवेशनमा मतदान गर्नेसम्मका व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए। नेपालका कृषि उत्पादन विदेशमा निर्यातदेखि नेपालमा लगानी प्राधिकरण गठन गर्ने र धेरै रोजगारी सिर्जना गर्न आफू लागिपर्ने उनको भनाइ थियो।

युरोप भ्रमणमा रहेका शर्मा चेक रिपब्लिक,पोर्चुगल, स्पेन हुँदै माल्टा भम्रणमा पुगेका छन । शर्माले माल्टापछि फ्रान्स र इटालीको भ्रमण गर्ने छन् ।

१७ अक्टुबरबाट काठमाडौंमा सरू हुने एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शर्मा मतदाता भेटेर मत माग्दै युरोपका विभिन्न देशको यात्रामा छन्। शर्माले कर्मभूमि कतारमा केही दिनअघि एक कार्यक्रममार्फत वाचापत्र सार्वजनिकसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आईसिसि सदस्य, मध्यपूर्व संयोजक र आईसिसि सचिव भएर काम गरे ।
नेपालको बागलुङ जिल्लामा विसं २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा कतार पुगेका थिए । हाल उनी कतार र नेपालमा सफल नेपाली व्यवसायीका रूपमा परिचीत छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -