Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:१८ दिउँसो
- ADVERTISEMENT -

गोरखामा वाइसीएलको दवावपछि सार्वजनिक यातायातको भाडादर समायोजन(हेर्नुहोस नयाँ भाडादर)

प्रकाशित मिति: २०८० असोज १६, मंगलबार

227
Shares

गोरखा, १५ असोज । योङ कम्युनिष्ट लिग (वाइसीएल) ले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

जस अनुसार अव गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ४४ पैसा दर भाडा कायम हुने भएको छ ।

नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएकाले जनपक्षिय माग पुरा गरेको भन्दै प्रसासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिनुभएको छ ।

उहाँले नयाँ निर्धारण गरिएको भाडादर निसर्त लागू गर्न गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई समेत आग्रह गर्नुभयो । संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को भातृ सगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेपछि भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको थियो । आमसर्वसाधारणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेपछि सोमवार बैठक बसेर नयाँ भाडा तोकिएको हो ।

गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायतका सडकहरुमा कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।

सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बसेको भन्दै वाइसीएलले तत्काल आवस्यक पहल गरि नयाँ भाडादर तोक्न अल्टिमेटम दिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -