कामना ईन्टरनेशनल स्कुल तथा कलेजको कक्षा ११ का बिधार्थी लाई स्वागत तथा कक्षा १२ का बिधार्थी लाई बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
राष्टय नाच घर जमलमा सोमबार समपन्न कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रगानको रचयिता प्रदिप कुमार राई ब्याकुल माइला हुनुहुन्थियो । तस्तै विशेष अतिथिमाहरुमा गण्डकी प्रदेश सरकारका पुर्ब माननीय तथा नेपाली कोङ्रेसकि नेत्री मन कुमारी गुरुङ, काठमाडौं संस्थागत विद्यालय निरिक्षक तथा काठमाडौँ शिक्षा प्रमुख मोतिराज खनाल मोतिराज खनाल,ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का, खड्क बस्नेत र डा. आलोक प्रसाईको उपस्थिति रहेको थियो ।
त्यस्तै अतिथिहरू शेर बहादुर पौडेल, रबिना बस्नेत, युवराज बस्तकोटी, राज कुमार श्रेष्ठ, दिलिप रेग्मी, पूण बहादुर लामिछाने, राजेश्वर श्रेष्ठ, हरि बिक्रम खड्का, प्रकाश मरासिनी, बिजय शिल्वालको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्वघाट्न प्रमुख अतिथिले दिप प्रजव्लन गरी गर्नु भएको थियो । कार्यक्रमको सुरुवातमा उक्त विद्यालयका प्रिन्सिपल लक्ष्मणा पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि राईले कामना ईन्टरनेशनल स्कुल तथा कलेज देशभरका बिधार्थीको कलेज भएको र उत्कृष्ट शिक्षा प्रदान गरेको बताउनुभयो । साथै उहाँले बिधाथीहरूलाई देशको नम्ती मातृभुमीमै बसेर योगदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको सफलताको शुभकामना दिदै अतिथि लोकेन्द्र बहादुर खड्काले कामना स्कुलले बिधाथीलाई शिक्षा मात्र नदिई ब्यावहारीक ज्ञान सामाजिक चेताना र उत्कृष्ट शिक्षा सहुलियत मुल्यमा प्रदान गरेको बताउनुभयो । साथै अतिथिहरु मन कुमारी गुरुङ, मेती राज खनाल, खड्ग बहादुर बस्नेत, डा आलोक प्रसाईले स्कुल तथा कलेजको उत्तरउत्तर प्रगतीको शुभकामना ब्यत्त गर्नुभयो ।
उक्त समारोहमा स्कुल तथा कलेजका बोर्ड अफ डाईरेक्टर बिबेक पौडेल, डाईरेक्टर ईश्वर अर्याल, एकेडेमिक डाईरेक्टर लक्ष्मणा पाण्डे, डाईरेक्टर लिला राम गुरुङ , डाईरेक्टर, महेन्द्र अर्याल, डाईरेक्टर लिला थापाको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा १२ का विद्यार्थीलाई मायाको चिनो सहित विदाई गरिएको थियोे । विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनोरन्जन दिएका थिए ।कार्यक्रमको सभापतित्व पदम प्रसाद भटराईले गर्नुभएको थियो । उहाँले कामना कलेज विद्यार्थीहरुको रोजाईमा पर्न सफल हुनुको कारण प्रस्टाउनु भएको थियो । कलेजका प्रमुख महेश श्रेष्ठले कक्षा ११ का बिधार्थी लाई स्वागत तथा कक्षा १२ का बिधार्थी शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कामना फाउन्डेसनका तर्फबाट अतिथी, बिशेष अतिथी तथा प्रमुख अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यस विदाई तथा स्वागत कार्यक्रममा करिव पाँचसय विद्यार्थी र शिक्षकहरूको भव्य उपस्थित रहेको थियो ।






































