२०८३ जेठ ५, मंगलबार
४:१४:३७ बिहान
- ADVERTISEMENT -

नेपाल एमाले गण्डकी प्रदेश अधिवेशन आजदेखि

प्रकाशित मिति: २०८० असोज १५, सोमबार

279
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।

देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्‍याली निकाल्ने तयारी गरेको छ ।


एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्क गरेर चार स्थानबाट र्‍याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने जनाइएको छ । कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

यसैबीच एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ । प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो । गण्डकीमा पूर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी (केआर) को दुई समूह छ ।

अधिवेशनएमाले गण्डकी
प्रतिक्रिया दिनुहोस्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -