२०८३ जेठ ३, आइतबार
६:१०:५९ बेलुका
- ADVERTISEMENT -

आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिव पदमा गुरुङको उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०८० असोज १४, आइतबार

121
Shares

कतार,कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई उचाईमा पु¥याउनका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्ने गुरुङको तर्क छ । उनले अध्यक्षका उम्मेदवार आरके शर्मालाई सफलताको शुभकामना दिदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा गुरुङले क्रमिकरुपमा २०२३–२५ कार्यकालका लागि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुलनारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् ।

एनआरएनए कतारको सदस्य,उपाध्यक्ष, मध्यपुर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका छन् । गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका छन् । नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्ताका मार्गदर्शक हुन् ।

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन् । सधै फरक र रचनात्मक कार्य गर्न रुचाउने र सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि सबैको रोजाईमा परेका छन् । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -