गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशन नजिकिदै गर्दा यसपटकको अध्यक्षको आकांक्षी महेश कुमार श्रेष्ठ र महासचिवको उम्मेद्धार बुद्दी सागर सुवेदी एसिया प्यासिफिक र मध्यपूर्व भ्रमणमा निस्केका छन्।
गैरआवासीय अभियानमा एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन , आगामी योजना , अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका छन्।
उनको भ्रमणको तालिका अनुसार २८ र २९ सेप्टेम्बरमा बहराइन , ३० तारीख युएई, १ अक्टोवर कतारमा , २ अक्टबर कुवेत , ३ अक्टोबर दक्षिण कोरियामा रहनेछन् त्यस्तै ४ तारीख मलेसिया , ५ तारीख थाइल्याण्ड र ६ तारीख कम्बोडिया पुग्ने रहेको छ।
यही आउँदो अक्टोबर १७ देखि हुन लागेको संघको ११औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन हुँदैछ । तीन दिने विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका करिव ८० देशबाट झण्डै ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन्।






































