भरतपुर । पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । आज बिहान करिब ७ बजेतिर उनीहरु नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मी नारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ का पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको टोली खटिएको थियो ।
टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।








































