Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:४४ बिहान
- ADVERTISEMENT -

सौन्दर्यविद सुष्मा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिव निर्वाचित

प्रकाशित मिति: २०८० असोज ६, शनिबार

431
Shares

काठमाडौं,वरिष्ठ सौन्दर्यविद् एवम् नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्धक सुष्मा महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव पदमा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार काठमाडौंको होटेल अलफ्टमा सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले महरालाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि सोही कमिटीको कोषाध्यक्ष पदमा रहेर काम गरिरहेकी महरालाई सर्वसम्मत सचिव चयन गरिएको हो । विगत १५ वर्र्षदेखि ब्युटी सलुनको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएकी महरा संघसंस्थाहरूमा बसेर काम गर्न पनि उत्तिकै क्षमता राख्दछिन् । सोही क्षमताको कदर गर्दै संघले सचिव पदमा उनको नाम सर्वसम्मत चयन गरेको हो ।


विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित महराले आफ्नो व्यवसायबाट प्रत्यक्ष र परोक्ष गरी हजारौँलाई रोजगारी दिन सफल छिन् भने राष्ट्रको आर्थिक विकासमा समेत उनले योगदान गर्दै आएकी छिन् । काठमाडौंको काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौं उपत्यका र उपत्यकाबाहि समेत आफ्नो आउटलेट सञ्चालन गर्दै आएको छ भने थप आउटलेट सञ्चालनको तयारी समेत गरेको छ । हाल काठमाडौंको सीटीसी मल, चाबहिलस्थित गणेशस्थान, चाबहिलकै केएल टावर, कास्कीको पोखरा ट्रेडमल, धनगढीको चौरहा र सुर्खेतको वीरेन्द्रनगरमा फेसियल हाउसको आउटलेट सञ्चालनमा छन् । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’को नारा लिएर अघि बढेको फेसियल हाउसमा महिला र पुरुष दुबैका लागि सेवा उपलब्ध रहेको प्रबन्धक महरा बताउँछिन् ।

को–को छन् उद्योग वाणिज्य संघ काठमाडौंको नयाँ कार्यसमितिमा र ?

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनस् दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा जय शिवाकोटी, राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठ निर्वाचित भएका छन । यसैगरी, महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा वरिष्ठ सौन्दर्यविद सुष्मा महरा तथा कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध भएका छन ।
सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र सङ्ग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीश श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -