Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:५३ दिउँसो
- ADVERTISEMENT -

प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: २०८० असोज ५, शुक्रबार

459
Shares

काठमाडौं महानगरपालिका वडा नं ४ धुम्रबाराहीमा अवस्थित प्रोलिफिक मा.विमा भाद्र ३१ गते देखि आयोजना गरेको छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा Mount Glory Int’l स्कुलले प्रथम स्थान हासिल गर्यो भने Green Field स्कुलले द्वितीय स्थान हासिल गरेको थियो र New Knowledge स्कुलले तृतिय पुरस्कार स्कुलले हासिल गरेको थियो । उक्त टुर्नामेन्टमा स्कुलका खेलाडी अमृत बस्याल उच्चतम गोलकर्ता भएका थिए भने उपेन्द्र बोहरा सर्बोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए । सोही प्रतियोगितामा सर्बोत्कृष्ट गोलरक्षकका रुपमा का गोलरक्षक सुजन धर्ती मगर पुरस्कृत भएका थिए ।

फुटसल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २०,००० ट्रफी, मेडल, दृतीय पुरस्कार नगद रु १०,००० ट्रफी, मेडल, तृतीय पुरस्कार नगद रु ५००० ट्रफी, मेडल, सर्टिफिकेट तथा उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्चतम गोलकर्ता लाई रु २००० हजारका दरले नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्रदान गरिएको थियो । उक्त कार्यक्रम २०८० ०५ ३० गतेबाट सञ्चालन भई असोज ०३ गते समापन भएको थियो । पुरस्कार बितरण समारोहका प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनको उपस्थिति रहेको थियो र बिशेष अतिथिमा काठमाडौं महानगरपालिकाका विद्यालय निरिक्षक मोतिराम खनाल रहनुभएको थियो ।

कार्यक्रम उक्त विद्यालयको संचालक समिति सदस्य भावना खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । समापन समारोहमा सभाध्यक्षको भुमिकामा रहनुभएका उक्त विद्यालयका प्रिन्सीपल गोपाल महतले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सद्भाव राख्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दे कार्यक्रम मत्रीपूर्ण र भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले सम्पूर्ण अतिथिलाई आभार व्यक्त गर्नुभयो र यस्ता प्रतियोगिताहरु प्रोलिफिक मा.विले आगामी दिनमा निरन्तर भईरहने कुरा व्यक्त गर्दे कार्यक्रम समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा रेफ्रिको भूमिकामा नेसनल रेफ्रि हरिश कार्की, नेसनल रेफ्रि रबिन बुढाथोकी, र बिद्यालयका रोशन श्रेष्ठ रहनुभएको थियो । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको खेल व्यवस्थापक सरोज न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको संयोजक त्यसै बिद्यालयका शिक्षक धीरेन्द्र शाहीले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -