नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न अहिले हतार गर्न नहुने बताउनुभएको छ ।

संविधानसभा अध्यक्ष तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हत्तारमा संविधान संशोधन गर्न नहुनेमा जोड दिनुभएको हो । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पुर्याउनुपर्ने ओलीको भनाइ छ ।

दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उहाँले त्यसअघि आवश्यकता र औचित्यबारे विचार पुर्याउनुपर्ने पनि बताउनुभयो । आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा ओलीको जोड छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्