गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा वर्तमान एनआरएनए आइसिसि मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ‘ गोर्खाली ‘ ले आगामी २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । 

लामो समय देखि अनवरत रुपमा एनआरएनए अभियान जोडिएका गोर्खाली विश्व डायस्पोरामा आफ्नो सामाजिक कामप्रतिको लगावका कारण प्रसिद्ध हुनुहुन्छ। उनको कार्यकालमा आठौं मध्यपूर्व भेला सम्पन्न गरी मध्यपूर्वको अवस्था र मध्यपूर्वले देश प्रति गरेको योगदानको विषयमा नेपालबाट रक्षामन्त्री पूर्ण बहादुर खड्का, श्रममंत्री सरदसिंह भण्डारी, पूर्व अर्थमन्त्री जनार्दन शर्मा,पूर्व श्रममन्त्री किसान श्रेष्ठ , मध्यपूर्वका राजदूत लगायत सरकार उच्चपदस्थ सरकारी कर्मचारीहरुलाई कार्यक्रममा आमन्त्रित गरी घनिभूत छलफल गरेर नेपाल सरकारलाई एनआरएनए मध्यपूर्वको मुद्दाहरू प्रमुखतासाथ उठाउन पहल गरेका थिए।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका गोर्खाली एनआरएनए युएईको साधारण सदस्य२००७, ,एन.आर.एन युएईको उपाध्यक्ष:२०११ ,केन्द्रीय सदस्य:२०१७, मध्यपुर्ब उप-संयोजक:२०१९, मध्यपुर्ब संयोजक:२०२१,एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन । आठौं राष्ट्रिय खेलमा गैर आवासीय नेपाली संघको खेल्कुद प्रतिस्ठानको म्यानेजमेन्ट हेड,नवौ राष्ट्रिय खेलमा ग्लोबल संयोजक,कैलाली कन्चननपुरको बाडी पिडित सहयोगार्थको संयोजक,कोभिडको समयमा “५५३ थान अक्सिजन सिलिन्डर नेपाल पठाउँ आफन्तको ज्यान बचाउ भन्ने अभियानको सह-संयोजक” भएर काम गरेको अनुभव छ।

संस्थागत विकासका ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिन लागेको नयादैनिकीलाई जानकारी गराएका छन् त्यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि मनोज कुमार श्रेष्ठ गोर्खालीले बताएका छन् । त्यस्तै संघलाई अझै ब्यबस्थित र मर्यादित बनाउन संघको मेरुदण्डको रुपमा रहेको सचिबालयलाई मजबूत बनाउन, संघले पारदर्शी र ब्यवस्थित सचिवालय सञ्चालन गर्ने उनको योजना छ।

उनको अन्य योजनामा सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, आपतकालिन राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने , नागरिकताको निरन्तरता समेत रहेको छ।

अहिले एनआरएनए सचिव पदको लागि झण्डै एक दर्जनभन्दा बढीले उम्मेदवारीको घोषणा गरेता पनि काम र अनुभवको आधारमा मनोजकुमार श्रेष्ठ गोर्खालीको जीत सुनिश्चित हुनेमा एनआरएनए प्रतिनिधिहरूले आंकलन गरेका छन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्