Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४७:०१ दिउँसो
- ADVERTISEMENT -

गोरखामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

प्रकाशित मिति: २०८० भदौ ३१, आइतबार

203
Shares

गोरखामा शनिवार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २७ बर्षिय रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ । भच्चेक बजारबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्वरको बस र विपरित दिशाबाट जादै गरेको ग ७ प १५१० नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । बस चालक गोरखा नगरपालिका–९ का रेशम गुरुङ र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका वडा नम्वर ३ नारेश्वरमा शनिवार बिहान करिव साढे सात बजे भएको ट्याक्टर दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक पालुङटार नगरपालिका–९ मिरकोटका महेश थापा र ट्याक्टरमा सवार सप्तरी घर भइ हाल नारेश्वर बस्ने रामबिलास यादव रहेका छन् ।

त्यस्तै पैदलयात्री नारेश्वरका ७४ बर्षिय भुवनबहादुर थापा र ५० बर्षिय भोजराज ढकाल पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागी काठमाण्डौ रिफर गरिएको छ ।

ट्याक्टर चालक थापा र ट्याक्टरमा सवार यादव भने गोरखा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार वालुवा बोकेर गोरखा बजारबाट नारेश्वर जाँदै गरेको ना ५ त ६०७७ नम्वरको ट्याक्टरको अगाडीको दुई वटै टायर पड्किएर अनियन्त्रित भइ सडकको नालामा पल्टिएर दुर्घटना भएको हो । दरौँदी दैनिक पत्रिका

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -