Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:२९ दिउँसो
- ADVERTISEMENT -

फेसियल हाउसको तीज बिशेष कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०८० भदौ २८, बिहीबार

297
Shares

 काठमाडौं । फसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफुपनि सुन्दर हुन फेसियल हाउस आउने गरेको स्मरण गरिन् । कार्यक्रममा फरक प्रसंगमा उनले फेसियल हाउसमा सीसि क्यामेरा राख्नु गलत नभएको धारणा राखनि । त्यो सेवाग्राही कै लागी उपयोगी हुने धारणा राखिन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफु सँधै रहने गरेको जानकारी गराइन । उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफुसँधै फेसियल हाउसका साथमा रहेको बताइन् । कार्यक्रममा कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोशिस भईरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशको रुपमा बदल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चा‌ैधरीले आफु सँस्कृती जोगाउन सँधै लागी पर्ने बताए । उनले आफुले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ पैसा भएको खुलासा गरे । कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने गरेको बताइन् । उनले फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको बताइन् । उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् ।

उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् । उक्त कार्यक्रम चाबहिलको केएल टावरमा आयोजना भएको थियो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्री रञ्जिता चौधरी , फेसियल हाउसका सञ्चालक सुषमा महरा, कर्पोरेट खबरका सञ्चालक उज्जललजंग शाह , नेपाल उद्योग वार्णजय महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, राप्रपाका नेता पशुपतिशमशेर जबरा तथा महिलाहरूको उपश्थिती थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -