Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:२२ बिहान
- ADVERTISEMENT -

एनआरएनएको लगानीमा बन्ने २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८५ भित्रै उत्पादनको लक्ष्य-अध्यक्ष न्यौपाने

प्रकाशित मिति: २०८० भदौ २७, बुधबार

150
Shares

काठमाडौँ । रुकुम पश्चिममा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता ९पीपीए० मंगलवार सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुनेगरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ ।

आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन । सांग्रिला हाईड्रोपावर प्रालीमा मलेसियामा बसेर बिभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ९एनआरएनए० आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं सफल ब्यावसायी आरके शर्मा,एनआरएनए युवा उपाध्यक्ष एबं कतारका सफल युवा ब्यावसायी राज रेग्मी,युवा ब्यावसायी नविन कँडेल, युवा ब्यावसायी रविन गुरुङ र ब्यबसायी सरोज धिताल रहेका छन । यो हाईड्रोलाई चुस्त र बलियो टिमसहित समयमा काम सम्पन्न गर्ने अध्यक्ष न्यौपानेले बताए । उक्त हाईड्रोपावरमा ठुलो लगानी एनआरएनएहरुको रहनेछ भने नेपालमा रहेर बिभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए । उक्त हाईड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा ,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा ब्यावसायी रविन गुरुङ सहित रहनेछन ।

रुकुमपश्चिम आठविसकोट नगरपालिका वार्ड नम्वर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ । ४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२।५ रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरि बन्नेछ ।
आयोजनाले विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ । आयोजना सम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ । आयोजनाबाट वार्षिक रुपमा १२७।२९ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -