Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:२६ दिउँसो
- ADVERTISEMENT -

सेयर बजारमा एकल अंकको सामान्य गिरा

प्रकाशित मिति: २०८० भदौ १३, बुधबार

221
Shares

१३ भदौ, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २।८२ अंकले गिरावट हुँदा १९९०।५९ को विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक १।३० प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उपसूचक ०।७० प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन १ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेर १ अर्ब नाघेको छ ।

सोमबार ९८ करोडको कारोबार भएको बजारमा मंगलबार घटेर साढे ८६ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा ३२ हजार २९८ वटा कारोबारमा ३८ लाख ३ हजार २४४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।

बुधबार लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको १० करोडको सेयर कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख र लक्ष्मी सन्राइज बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य सर्वाधिक ९।८८ प्रतिशतले वृद्धि हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ४।२३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको सेयरमूल्य २।८९ प्रतिशतले वृद्धि भएको छ । यस्तै ८।५ प्रतिशत सानिमा ऋणपत्र २०८८ को मूल्य ५।७२ प्रतिशतले वृद्धि हुँदा एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ३।१२ प्रतिशतले बढेको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ७।९४ प्रतिशतले घटेको छ । सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य ६।०२ प्रतिशतले गिरावट हुँदा कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य ५।४८ प्रतिशतले गिरावट भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -