Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२८:२५ बिहान
- ADVERTISEMENT -

इन्जिनियरिङ शुल्कवृद्धिको विरोधमा नेविसंघले निकाल्याे शवयात्रा

प्रकाशित मिति: २०८० भदौ १२, मंगलबार

136
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा शवयात्रा निकालेको छ। नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थान ९आइओई० ले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि माइतीघर मण्डलासम्म शवयात्रा निकालेको हो।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकाल्ने बताइए पनि प्रहरीले माइतीघरबाट अगाडि बढ्न रोकेको थियो। सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएको छ।

शवयात्रामा आठ दिनदेखि आमरण अनशनमा रहेका नेविसंघका नेता सुलभ चापागाईंको जीवनरक्षाको पनि माग गरिएको छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता, इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यायलको इन्जिनियरिङ शिक्षामा मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषण गर्नुपर्नेजस्ता माग नेविसंघले राख्दै प्रदर्शन गर्दै आइरहेको छ।

साउन २५ गतेको निर्णयअनुसार स्नातक इन्जिनियरिङको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -