काठमाडौं। सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुका लागि निर्माण गरेको सुविधा सम्पन्न आवास भवन आज एक समारोहका बिच हस्तान्तरण गर्ने भएको छ।
सहरी विकास मन्त्रालय अन्र्तगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि उक्त सुवधिा सम्पन्न आवास भवन तयार गरेको हो।
भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्य मन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउने भएका छन्। सरकारको करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा बनेका ७ वटा भवन सहित अन्य १४ वटा ब्लकहरु पनि निमार्ण सम्पन्न भएकाले आजै हस्तान्तरण् गरिने आयोजना प्रमुख मचाकाजी महर्जनले जानकारी दिए।
यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ। लबी, बैठक कक्ष देखि योग गर्न विशेष कक्ष सम्म राखेर भवनहरु तयार गरिएका हुन्। शयन कक्षदेखि भान्सा कोठासम्म पनि छन्। भैंसेपाटीमा संघीय मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि समेत छुट्टा–छुट्टै भवन बनाइरहेको छ।








































