Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०८:३३ दिउँसो
- ADVERTISEMENT -

१४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

प्रकाशित मिति: २०८० भदौ १०, आइतबार

322
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकलगायत १४ कर्मचारी आफ्नो जिम्मेवारी छाडेर सम्पर्कविहीन भएका छन् । लामो समय बिना जानकारी गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

देशका विभिन्न कार्यलयमा पोस्टिङ भएका प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी जवान पदमा कार्यरत १४ प्रहरी कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सातदिने स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेहरूमा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी सहायक निरीक्षक सुष्मा केसी, नगर प्रहरी कार्यालय, भक्तपुरमा कार्यरत अस्मिन शाक्य, प्रहरी चौकी थुस्किहाटमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्णकुमार तामाङ, गण्डकी प्रदेश प्रहरी गणमा कार्यरत नेत्रप्रसाद काफ्ले, जिल्ला प्रशासन कार्यालय, गुल्मीमा कार्यरत मेषबहादुर राना, प्राविधिक प्रहरी जवान भरत भुल, प्रहरी जवान विकल्प राई, डिलबहादुर खड्का, विशाल परियार, पृथ्वी राई, ऋषिराम अर्याल, धीरज थापा, शेरबहादुर बुढाएर र प्रहरी कार्यालय सहयोगी रोहित प्रसाद यादव छन् ।

सातदिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले उक्त अवधिभित्र पनि सम्पर्कमा नआएमा प्रहरी नियमावली २०७१ बमोजिम थप कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । प्रहरी नियमावलीमा बिना जानकारी प्रहरी कर्मचारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा स्पष्टीकरण सोध्ने र त्यसको चित्तबुझ्दो जवाफ नआएमा वा सम्पर्क नै नगरेमा सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -