नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी भोलि ९शनिबार० सिरहाको धनगढीमाई(४ मा बस्ने गरी बोलाइएको विशेष बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
अविरल वर्षासँगै आएको बाढीका कारण बैठक स्थगित गरिएको गौतमले बताए । एमालेले तत्कालीन नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा बस्ने गरी सचिवालयको बैठक राखेको थियो ।
सचिवालय बैठकको अर्को मिति भने तय भइनसकेको प्रचार विभाग प्रमुख गौतमले बताए ।








































