काठमाडौं। ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ। सीआईबीले सहसचिव वैद्यलाई फरार प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको हो।
२०७० सालमा वैद्य काठमाडौंको भूमिसुधार अधिकारी हुँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सीआईबीको निष्कर्ष छ । सीआईबीले उनीविरुद्ध एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सिफारिस गरेको हो।
सीआईबीले १ सय ४३ रोपनी जग्गा हिनामिना भएको ठहर गर्दै १८ अर्बभन्दा बढीको बिगो कायम गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमााडौंमा बुझाइसकेको छ। ब्युरोले ४ पूर्व मन्त्रीसहित ३ सय ३८ जनालाई प्रतिवादी बनाएको हो।
यस प्रकरणमा मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुवप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।








































