बारा, ७ भदौ । बाराको चुरियामाई मन्दिर नजिकै भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे चुरियामाई मन्दिर नजिक दुर्घटना भएको हो ।
बसमा २६ जना सवार मध्ये ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा ६ जना भारतीय रहेका छन् भने एकजना महोत्तरी लोहारपटी नगरपालिकाका रहेका छन् ।
इलाका प्रहरी कार्यालय अम्लेखगंज बाराका अनुसार मृत्यु हुनेहरुमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीय श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ वर्षीय विजय लाल पण्डित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको मकवानपुरको हेटौंडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइतेहरुको नामावलीस्
चुरेहिल अस्पताल हेटौंडा
१। देश भारत राजस्थान बस्ने अं।बर्ष ४८ को घनश्याम चतुरबेदीको खुट्टा र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
सरकारी अस्पताल हेटौंडा
१। जिल्ला धनुषा मौवा गा।पा।१८ जनकपुर बस्ने अ।बर्ष ४१ को घुरन मण्डल बाया घुडा,कम्मरमा चोट मध्यम – डिश्चार्ज
२। जिल्ला महोत्तरी लोहारपति न।पा।५ बस्ने अ।बर्ष २६ को जसबेन्दर पासवान ढाडरदाहिने हातमा चोट मध्यम – डिश्चार्ज
३। देश भारत राजस्थान बस्ने अ।बर्ष ५३ की माया देबी दाहिने कुममा चोट मध्यम
४। ऐ।ऐ।बस्ने अ।बर्ष ३५ को अनिल कुमार टाउकोमा चोट मध्यम
५। ऐ।ऐ।बस्ने अ।बर्ष ५० को तारा वती चतुरबेदी निधाररकम्मरमा चोट मध्यम
६। निजकै नातिनि अ।बर्ष ९ की क्रितिका चतुरबेदी सामान्य
७। ऐ।ऐ।बस्ने अ।बर्ष ४८ को श्याम लाल मालीको बाया खुट्टारछातिमा चोट मध्यम
८। ऐ।ऐ।बस्ने अ।बर्ष ४७ को हरवारी मालीको टाउकोमारढाडमा चोट मध्यम
९। ऐ।ऐ।बस्ने अ।बर्ष ७० की चौथी देबी दाहिने खुट्टारछातिमा चोट मध्यम
१०। ऐ।ऐ।बस्ने अ।बर्ष ७२ को सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टारबाया कुममा चोट मध्यम
११। देश भारत राजस्थान बस्ने अ।बर्ष ६३ को धरम सिंहको निधाररछातिरबाया खुट्टा फ्याक्चर मध्यम
१२। ऐ।ऐ।बस्ने अ।बर्ष ६० की ईन्दु धाकद निधाररछातिमा चोट मध्यम
१३। ऐ।ऐ।बस्ने अ।बर्ष १६ की गर्बिदा चतुरबेदी ढाडरछातिमा चोट मध्यम
१४। ऐ।ऐ।बस्ने अ।बर्ष ५४ को राम कुमार चतुरबेदी बाया घुडारछातिमा चोट मध्यम
सन्चो अस्पताल हेटौंडा
१। जिल्ला महोत्तरी जलेश्वर न।पा।बस्ने अ।बर्ष ३८ को बिहारी मुखीया मुखमा चोट बाया खुट्टा भाचिएको मध्य
पुरानो मेडिकल कलेज भरतपुर
१। देश भारत राजस्थान बस्ने अ।बर्ष ७३ को राम प्रसाद पि को छातिरपेटमा चोट गम्भीर








































