Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:३६ बिहान
- ADVERTISEMENT -

सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि

प्रकाशित मिति: २०८० भदौ ६, बुधबार

346
Shares

भदौ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९।४७ अंकले वृद्धि हुँदा २०४५।४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १।४६ प्रतिशतले वृद्धि भएको हो ।

गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो । मौद्रिक नीतिपछि निराश लगानीकर्ता १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को विन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अंकको गिरावट भयो । तर, मंगलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ ।

नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २।७४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २।५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २।१६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०।७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ ।

बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये कुथेल बुखारी हाइड्रोपावरको सेयरमूल्य ९।९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै ग्लोलब आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९।६४ प्रतिशतले बढ्दा सेयरमूल्य धेरै बढ्ने कम्पनीको शिर्ष ५ मा लिवर्टी इनर्जी, दोल्ती पावर र मायाखोला हाइड्रोपावर कम्पनी छन् । बुधबार सेयरमूल्य बढेन शीर्ष कम्पनीमा हाइड्रोपावर कम्पनीहरु अगाडि छन् ।

नेप्से करिब डेढ प्रतिशतले बढ्दा पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३।५२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य २।४६ प्रतिशतले गिरावट भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -