Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:३१ बिहान
- ADVERTISEMENT -

१४ महिनादेखि रोकिएको कित्ताकाट खुलाउने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति: २०८० साउन ३१, बुधबार

521
Shares

काठमाडौं । अघिल्लो असारदेखि रोकिएको जग्गाको कित्ताकाट पुरानै अवस्थामा खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १४ महिनादेखि रोकिएको कित्ताकाट फुकुवाा गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको भूउपयोग (संसोधन) नियमावली २०७९ प्रस्ताव पास गरिएको हो । यो निर्णयसँगै कित्ताकाट पुरानै अवस्थामा फुकुवा हुने छ ।

सोमबार भएको निजी क्षेत्रका छाता संस्थाहरुसँगको भेटवार्तामा प्रधानन्त्री पुष्पकमल दाहालले भोली नै कित्ताकाट खुलाउने निर्णय गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । व्यवसायीले लामो समयदेखि कित्ताकाट रोकिदा अर्थतन्त्रमै समस्या निम्तिएको बताएका थिए ।

कित्ताकाट रोकिएकै कारण अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारले पुरानै अवस्थामा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।

मोटो रकम घरजग्गामा फसेको र कित्ताकाट रोकिँदा घरजग्गा कारोबारसँगै अर्थतन्त्र पनि सुस्ताएको ठहर गर्दै प्रधानमन्त्री दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत चैतदेखि नै कित्ताकाट फुकुवा गर्ने मनस्थितीमा थिए ।

यसअघि ५ वैशाखमै मन्त्रिपरिषद बैठकले कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो । तर, राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनुपर्ने भूउपयोग (संसोधन) नियमावली २०७९ उल्टै अस्पष्‍ट रहेको भन्दै थप संसोधनका लागि भूमि व्यवस्था मन्त्रालयमा फिर्ता पठाइएको थियो ।

पहिलो निर्णय गरेको चार महिना ढिलो गरी पुनः कित्ताकाट फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

२४ असार २०७९ मा भूउपयोग नियमावली २०७९ जारी भएसँगै असारदेखि नै देशभर कित्ताकाट ठप्प भएको थियो । भूमि व्यवस्था मन्त्रालयले २७ जेठमा मन्त्रिस्तरको निर्णय गर्दै स्थानीय तहले

कृषि र गैरकृषी भूमि भनेर वर्गीकरण गरेको जग्गामात्र कित्ताकाट गर्न भूमि व्यवस्था विभाग, नापी विभाग लगायत निकायलाई परिपत्र गरेको थियो ।

स्थानीय तहलाई कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटका लागि सिफारिस गर्न २३ मंसिरसम्मका समय दिइएको थियो । तर, धेरै स्थानीयहरुले आफ्नो जग्गा गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न दबाव दिएपछि स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका थिएनन् ।

अहिलेसम्म देशभरका ७५३ स्थानीय तहमध्ये १६६ स्थानीय तहले मात्र जग्गा वर्गीकरण गरेको जानकारी भूमि व्यवस्था विभागलाई गराएका छन् । जग्गा वर्गीकरण भएका पालिकामा कित्ताकाट फुकुवा भएपनि ५८७ स्थानीय तहमा कित्ताकाट करिव ठप्प नै थियो ।

लामो समयदेखि कित्ताकाट ठप्प भएपछि सरकारलाई पुरानै अवस्थामा फुकुवा गर्न चौतर्फी दबाव परिरहेको थियो । सरकारमा सहभागी सबै दलहरु कित्ताकाट फुकुवा गरेर कारोबार चलायमान बनाउन सहमत भएपछि कित्ताकाट फुकुवा गर्न सहज भएको हो ।

भूउपयोग नियमावलीमा काठमाडौं उपत्यकाभित्र आवासीय क्षेत्रमा न्यूनतम ४ आना १ दामभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोक लगाइएको थियो । 

कित्ताकाट ठप्प भएपछि देशभर मालपोत कार्यालयमा सेवा प्रवाह ७० प्रतिशतसम्म घटेको थियो । महिनामा ८७ हजारसम्म घरजग्गा कारोबार हुने गरेकोमा कित्ताकाटमा कडाई गरेसँगै २५ हजारमा झरेको थियो ।

पछिल्ला महिनाहरुमा क्रमशः स्थानीय तहले जग्गा वर्गीकरण गर्दै गइरहेको र बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर समेत घट्न थालेपछि कारोबार केही बढेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -