Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:३० बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगरले कपन खोला आज खोतल्ने

प्रकाशित मिति: २०८० साउन २६, शुक्रबार

525
Shares

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) आज खोतल्ने भएको छ। शुक्रबार बिहान १०बजेबाट खोला खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए।

बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्नगएको थियो।

तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास सफल हुन नसकेको वडाध्यक्ष होडाले बताए।

‘कपन सधैं डुबानको चपेटामा छ। दुई वर्षअघि बाढीले बालक बगायो। अहिले पनि अलिकति पानी पर्नेबित्तिकै घर-घर पानी पस्छ ।हामी दीर्घकालीन समाधान खोजिरहेका छौं। खोला त खोतल्नै पर्छ। हामी आज १० बजे साततलेबाट तलतिर खोतल्छौं,’ उनलेसेतोपाटीसँग भने।

उनले कपन बाढी नियन्त्रणका लागि भनेर संघ सरकारले २८ करोड र प्रदेशले ३२ करोड हाराहारी बजेट छुट्टयाएको बताए।

टेन्डर भएर काम पनि सुरू भइसकेको उनको भनाइ छ।

तर, बूढानीलकण्ठ नगरपालिकाले चासो नदेखाउँदा कामले गति लिन नसकेको उनले बताए।

‘हामी कल्भर्ट बनाएर समाधानको प्रयत्न गरिरहेका छौं। स्थानीवासीलाई दख्खल नदिनेगरी र बाढी नियन्त्रण पनि हुनेगरी समाधानकोउपाय निकाल्न लागिरहेका छौं। तर, बूढानीलकण्ठबाट सहयोग पाएका छैनौं,’ उनले भने।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आज नापी गएर नक्सा उतार्नेबारे काठमाडौं महानगरपालिकाका मेयरसँगकुरा भएको बताए।

काठमाडौं महानगरपालिकाको सीमा क्षेत्रबारे वडाध्यक्षहरूसँग कुरा मिल्न सकेको छैन। नक्सा उतारेर पहिले त्यसको निरूपण गरिनुपर्नेअधिकारीको आसय थियो।

‘हिजो अलिकति कुराकानी भयो। काठमाडौंका मेयर र म नापी कार्यालय जाने र खोला क्षेत्रको नक्सा उतार्ने, यति कुराकानी भएको छ,’ उनले भने।

बूढानीलकण्ठ नगरपालिका पनि दीर्घकालीन समाधान खोजिरहेको उपपप्रमुख अनिता लामाले जानकारी दिइन्।

‘पानी पर्नेबित्तिकै फैका (कपनको माथिल्लो तटीय क्षेत्र) देखि सरस्वतीनगरसम्म डुबानमा पर्छ। मानिसको ज्यानसमेत जाने जोखिम छ।यसले हामीलाई नपिरोलेको होला र? तर, सोध्दै नसोधी अर्को नगरपालिकाको सिमानामा आएर डोजर चलाउन पाइन्छ त? फेरि खोतलेरमात्रै हुन्छ समाधान दिनुपर्दैन? सामाखुसी क्षेत्रमा खोतलेर छाड्दा त्यहाँ बाढीको समाधान भएको छ त?’ उपप्रमुख अनिताले सेतोपाटीसँगभनिन्।

काठमाडौं महानगरले अहिले खोतल्न खोजेको खोलाको पुछार क्षेत्र हो। पुछार खोतलेर समाधान नहुने उनले बताइन्।

‘मेयरज्यू पहिलाको कपनको गाबिस अध्यक्षसमेत भएकाले खोलाको बहाव क्षेत्र पहिल्याएर समाधानको उपाय निकाल्दै हुनुहुन्छ।नगरपालिकाले त्यसमा काम गरिरहेको छ। खोलालाई नै सिमाना कायम गरेको छ। सिमानामा डोजर चलाउन त हामीसँग पनि समन्वयहुनुपर्‍यो नि!,’ हाम्रो भनाइ यति मात्रै हो।

हिजो तनाब उत्पन्न भएपछि कपन प्रहरी प्रभागमा मेयर बालेन शाह कुरेर बसेको तर नआएको उनले बताइन्।

‘हामी कार्यपालिकाको बैठक बसिरहेका थियौं। एक्कासि डोजरसहित महानगर प्रहरीहरू आएका छन् भन्ने सूचना आयो। जाँदा तवडाध्यक्षमाथि हातपात भइसकेको रहेछ, यस्तो तनाबको सिर्जना गरेर समाधान निस्कन्छ त? साततले नजिक खोतलेपछि बाटो नै बन्दहुन्छ त्यसपछि स्थानीय कहाँबाट आवतजावत गर्ने? जनप्रतिनिधिले त यो समेत सोचविचार गर्नुपर्‍यो नि!,’ उनले भनिन्।

मिलनचोकदेखि दुर्गा मन्दिरसम्म र सरस्वतीनगर क्षेत्र बर्सेनि डुबानमा पर्छ। गाेकर्णेश्वर नगरपालिकाकाे यज्ञडोल क्षेत्र र कपन गुम्बाभन्दा माथिल्लो भागदेखि बगेर आउने पानीले निकास नपाउँदा सडक-सडक बग्ने गरेको स्थानीय बताए।

कपन क्षेत्रमा अहिलेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी गाबिस अध्यक्ष हुँदा खोला क्षेत्रमा ह्युम पाइप हालेको र पछित्यहीँमाथि पिच गरेर सडक बनाइएपछि पानीले निकासै नपाएको स्थानीयले बताए।

तल्लो तटीय क्षेत्रमा खोलाको बहाव क्षेत्र खोलेर पानीलाई निकास दिइन लागेको काठमाडौं महानगरपालिका-७ का वडाध्यक्ष होडालेबताए।

साततले मुनिको तटीय क्षेत्र काठमाडौं महानगर–७ पर्ने र माथि तेन्जिङचोकसम्म वडा नम्बर ६ पर्ने हुनाले समन्वय गरेरै अघि बढ्ने होडालेजानकारी दिए।

‘हिजोचाहिँ समन्वय नभएकै हो। मेयरसापको काम गर्ने शैली आफ्नै छ। डुबानले उहाँलाई पिरोलिराखेको छ। निकास दिऊँ भन्ने छ।आज बूढानीलकण्ठका मेयरसाप पनि आउँछु त भन्नुभएको छ। आए राम्रै हुन्थ्यो। आउनुभएन भने पनि हाम्रो क्षेत्रभित्र पर्नेचाहिँ खोतल्छौं,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -