Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:०९ बिहान
- ADVERTISEMENT -

बिक्री भयो भैरहवाको टाइगर प्यालेस, ५ अर्ब लगानीमा गैरआवासीय नेपालीले किने

प्रकाशित मिति: २०८० साउन २३, मंगलबार

351
Shares

२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेलचलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेजइन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ ।

टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्रीगर्ने प्रयास गरेको थियो । तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुनसकेको थिएन । तर, सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्वपनि हिमालयन टाइगरमा सरेको हो ।

विगत ७-८ महिनादेखिको प्रयासपछि यो सम्झौता सम्भव भएको सुवेदीको भनाइ छ । ‘हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढीहुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् ।उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् ।

तर, नेपालमा भने उनले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गरेका हुन् । हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपालीसंघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतकोलगानी छ ।

अमेरिकामा १२-१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ ।

नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्नेप्रतिबद्धता पनि उनले गरे । ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनियोगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’ उनले भने ।

तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेकाले पुँजीगत लाभकरसम्भवतः नआउने आँकलन रहेको सुवेदी बताउँछन् । तर, दुई वर्षदेखि क्यासिनोको रोयल्टी भने तिरिएको छैन । ‘अब हामीले ३० दिनभित्रकर दायित्व चुक्ता गर्नुपर्छ, त्यसको हिसाबकिताब हुँदै छ, समयभित्रै चुक्ता गर्ने छौं,’ उनले भने ।

यसअघि भैरहवाकै व्यवसायी बालकृष्ण भुसाललगायतको समूहले पनि सो होटेल खरिद गर्ने सहमति भएको थियो । तर, अर्कै मुद्दामाअदालतले दिएको आदेशका कारण सो खरिदबिक्री सम्पन्न हुन नसकेपछि उनीहरु पछि हटेका थिए । त्यसपछि सुवेदीको समूह योरिसोर्ट खरिदका लागि आघि बढेको थियो ।

त्यसअघि नै चितवनमा हायात होटेलको चेन भित्र्याउन यो समूहले प्रयास गरेको थियो । तर, त्यहाँ लिने भनिएको जग्गा लिन नसकेपछिसमूहले विकल्पका रुपमा टाइगर प्यालेस खरिद गरेको हो ।

अस्टे्रलियाको सिल्भर हेरिटेज ग्रूपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर, त्यसैबेलादेखिविदेशी लगानीकर्ता र नेपाली साझेदारबीच विवाद हुँदा रिसोर्ट राम्रोसँग सञ्चालन हुन सकेको छैन ।

रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको फैसला जिल्ला अदालत रुपन्देहीले गरेको थियो । अदालतको फैसलाको पालनागरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -