काठमाडौं । कामना स्कुल/कलेजले आज कक्षा ११ का नव आगन्तुक बिद्यार्थीहरुका लागी ओरेन्टेसन कार्यक्रम संचालन गरेको छ।
सानो भर्याङग स्थित, २०६५ मा स्थापित कामना ईन्टरनेशनल स्कुल/ कलेजले आफ्ना बिद्यार्थीहरुका लागी बाहिरी ज्ञान दिने उदेश्यलेसमय-समयमा बिबिध कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा मोटिभेसनल स्पिकर चर्चित बक्ता रमेश प्रसाईद्वारा बिद्यार्थीहरुलाई बिभिन्न उदाहरण दिदै हरेक ब्यक्तिसंग केहि न केहिखुबी रहेको र त्यो खुबि नै अन्ततः तपाईको सफलता हुने भन्दै बिद्यार्थीहरुलाई सफल जिवनको शुभकामना दिनु भयो। कामना स्कुल/कलेज शैक्षिक क्षेत्रकै अग्रणी संस्था रहेको र यस संस्थामा जोडिन पाउनु भएकोमा तपाईहरु निक्कै भाग्यमानी हुनुहुन्छ भन्दै उहालेकामना परिवार र सम्पुर्ण बिद्यार्थीहरुलाई हृदय देखि शुभकामना दिनु भएको थियो।
प्रमुख अतिथी नागार्जुन नपा १ का सदस्य राम प्रसाद खनाल र कार्यक्रम संचालन कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डेले गर्नु भएकोथियो भने, पदम प्रसाद भट्टराईले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो।कार्यक्रममा क्यापस प्रमुख महेश श्रेष्ठ, डाइरेक्टर लक्ष्मणपाण्डेले आफ्नो भनाई राख्नु भएको थियो
बिद्यार्थीहरुका तर्फबाट कार्यक्रमको बिचमा बिभिन्न नृत्यहरु गरिएको थियो।












































