सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बिहीवार सुनको मूल्य प्रति तोलो १३ हजार ६०० रूपैयाँ पुगेको छ । नेपाली बजारमा बिहीवार सुनको मूल्य हालसम्मकै महंगोमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा बिहीवार सुनको मूल्य प्रति तोलामै ५ सय रूपैयाँले बढ्दा अहिलेसम्मकै उच्च विन्दुमा कारोबार हुन पुगेको छ ।
तेजाबी सुनको मूल्य भने १ लाख १३ जार ५० र चाँदीको मूल्य १४ सय ९५ पुगेको छ । यसअघि गत जेठ १८ गते प्रति तोला १ लाख १३ हजार ३ सय रूपैयाँको पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसपछि बिहीवार उक्त रेकर्डलाई तोडेर नयाँ मूल्यमा सुनको कारोबार भएको हो ।








































