Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४६:५४ बिहान
- ADVERTISEMENT -

सेनाको संख्याबारे पूर्वरक्षामन्त्री पोखरेलको टिप्पणीः राज्यका अंगहरूलाई कमजोर बनाइनु अनुचित र हानीकारक

प्रकाशित मिति: २०८० साउन २, मंगलबार

313
Shares

काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्वन्धमा उठेका सवालप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक भएको बताएका छन् ।

‘अहिले मुलुकमा देखापरिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधपतन तथा अर्थतन्त्रभित्र देखापर्दै गएको विश्रृंखलतालाई बढावा दिदै राज्यलाई नै कमजोर बनाउने हिसावले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्वन्धमा जे जस्तो तरिकाले कुराहरू उठाईंदैछ, उचित देखिदैनन् ! ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘नेपाल राष्ट्रलाई नै क्रमशः कमजोर बनाउने रणनीतिक र आपराधिक खेल चलिरहेको अहिलेको अवस्थामा दरो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बनिरहेको बेला राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक सिवाय अरू मान्न सकिदैन ।’

जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्वन्धमा व्यक्त गरेका विचार तथा अभिव्यक्तिहरूलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझन नहुने उनको तर्क छ । ‘ती अभिव्यक्तिहरू २०७२ मा संविधान सभाबाट जारी भएको संविधानमा गरिएको ब्यवस्था , सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीति आदि बारेमा यात जानकारी बिना या निश्चित आग्रहबाट निर्देशित भएर यस्ता कुराहरू बाहिर आएका वा ल्याइएका हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।’ उनले भनेका छन् । नेपाल संविधानप्रति प्रतिवद्ध संस्था रहेको स्मरण गर्दै उनले नेपाली सेनाको प्राथमिक दायित्व मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा नै भएको उल्लेख गरेका छन् ।
उनले नेपाली सेनाले कतिपय कमजोरीको बावजुद नेपाली सेनाले आफ्नो संवैधानिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय जिम्मेवारी पुरा गरिरहेको उनको ठहर छ ।

नेपाली सेनासित गाँसिएका कतिपय कुराहरू छलफलका विषय हुन सक्ने तर कुत्सित सोचसहित हुने बहस उचित नहुने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -