काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।
आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।
अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ सामाजिक सञ्जालमा साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,
‘आज एउटा विशेष दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आजबाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले जवाफ दिदैँ लेखे,
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’








































