Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०४:५५ दिउँसो
- ADVERTISEMENT -

के थियो होटल डिभोटि लेनदेन ? सिनेट परिवार भन्छ : हामी विरुद्ध समाजमा भ्रम सिर्जना गरियो

प्रकाशित मिति: २०८० असार १८, सोमबार

171
Shares

काठमाडौ।

पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठ परिवारका अनुसार  सुनियोजित तवरले पर्यटन व्यवसायी कृष्ण बहादुर महराले चरित्र हत्या गरेको आरोप लगाएका छन्। निकट श्रोतका अनुसार महराले ग्रान्ड डिजाइन गरेर फसाउन लागि परेको बताएका छन् । महराले तथ्यहीन र कपोलकल्पित तथ्याङ्क प्रस्तुत गर्दै आफ्नो बदनामी गराएको उनीहरुले बताएका छन्। उनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिरहेको भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झुठा कुराहरु मिडियामा दिएको भन्दै परिवारले आपत्ति जनाएका छन्।

श्रेष्ठले ४ वर्ष अघि होटल व्यवसायी महरासंग धनगढीमा रहेको तीन तारे होटल “होटल डिभोटी’ २० करोडमा किनेका थिए। शुरुमा करार सम्झौता गर्दा मिति- २०७७-११-०१ गते ९ करोड ५० लाख रकम दिएको र बाँकी ११ करोड ५० लाखमा पुन: प्राइम बैंकको मिति २०७७/०८/२१ को च.नं.- ०७१ PCB/००९/०७७/०७८ को पत्रका आधारमा पाउने, बैंकले ग्यारेन्टि गरेको हुँदा सोही अनुसार पाउने भनिएको थियो।

हेर्नुहोस सेयर खरिद विक्री सम्झौता पत्र :

उक्त ” डिभोटी होटल “लिएको केही समयमै कोरोना भाइरस (COVID – 19) को महामारीले देश लकडाउनमय भयो। तत्पस्चात लामो समय सम्म देशमा अस्तव्यस्त कायम रहिरह्यो र आम जनमानसमा त्राहीत्राही मै दिनचर्या बित्दै गएको अबस्थामा सर्वसाधारण देखि ठुला बडा भनिएका नेताहरु र ठुला साना व्यवसायीहरु घरभित्र थुनिएर बस्नुपरेको थियो। यो स्थिति नेपालमा मात्र कायम रहेन बिश्वब्यापी रुपमा बिकराल रुपमा फैलिदै लाखौ को ज्यान समेत लिने अवस्थामा स्थिति परिणत हुदै आर्थिक रुपमा राष्ट्रिय अन्तरास्ट्रियस्तरमा संकट देखिएको थियो। त्यस्तो कठिन परिस्थितिमा पनि श्रेष्ठले महरालाई सहज र् विश्वास होस भनेर बाँकी दिनुपर्ने ५ करोड ५० लाखको ठाउँमा रु. ६ करोडको चेक काटिदिएका थिए ।

कोरोना भाइरस बाट देश बिस्तारै सामान्य अवस्था फर्कंदै गर्दा श्रेष्ठले फरक फरक मितिमा बिभिन्न रकमहरु बैंक खाता मार्फत जम्मा गरिदिएको फेरस्ती र बैंक स्टेटमेन्ट  आफुहरु संग सुरक्षित् रहेको, आबस्यक परेको बखत सम्बन्धित् निकायमा पेश गर्न तयार रहेको  निकट श्रोत बताउँछ । निज कृष्ण बहादुर महरा र उनकी श्रीमती दिव्यश्वरी महराको नाममा फरकफरक मितिमा यसरी रकम जम्मा गरिदिएको तलका कागजातहरु बाट प्रष्ट देख्न सकिन्छ ।

श्रेष्ठले विभिन्न समयमा महरालाई गरेको भुक्तानी:               

श्रेष्ठले फिर्ता गरेको चेक:

तर यति हुँदा हुदै पनि महराले सिनेटका विरुद्ध भ्रम फैलाउन भने छाडेनन विभिन्न संचारमाध्यममा  सिनेटले पैसा खाएर भागे सम्म भन्न भ्याए तर यता श्रेष्ठका श्रोतका अनुसार  भने महरालाई हिसाबकिताब गर्न बारम्बार बोलाएको तर विभिन्न बहाना गर्दै नआई बसेको बताउछन । यसबीच उनिहरुको केही समय अगाडी भेट पनि भए

को दुवै व्यक्तिलाई चिन्ने नजिकका एक जानकार व्यक्ति बताउँछन्। उक्त आर्थिक हिसाबकिताब मिलाउन धेरैपटक दुवैले तमसुक पनि गरेका छन्। तथापि, श्रेष्ठ र महराले पटक पटक भेटघाट गरे पनि हिसाबकिताब  क्लिएर गरेको देखिदैन।

श्रेष्ठका तर्फबाट महरालाई बारम्बार लाखौ रकम उनको र श्रीमतिको खातामा हाल्दिएका थिए |  श्रेष्ठले अब हिसाबकिताब गर्दा आफुले  दिन होईन उल्टै महरा संग १ करोड भन्दा फिर्ता लिनुपर्ने देखिन्छ । एक साता भित्रमा हिसाबकिताब गर्न कृष्ण बहादुर महरा उपस्थिति नभएमा मानहानिको साथै न्यायालयमा गएर न्यायको लागि जाने सोचमा रहेको निजका पारिवारिक स्रोतले बताएका छन । साथै सिनेट श्रेष्ठका पार्टनर लिलाधर जोशीबाट पनि निजले रकम र जग्गा समेत लिएको बताउछन् । कृष्ण बहादुर महराले लिलाधर जोशी लाई पनि दु:ख दिन खोजेको श्रेष्ठ र महरा दुबैलाई चिन्ने व्यक्तिहरु बताउँछन्। महरा भने सम्पर्कमा नआउने तर संजालमा श्रेष्ठ विरुद्ध स्टाटस राखेर भ्रम फैलाएको सिनेट पक्षले आरोप लगाएका छन्। व्यवसायी महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपैयाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरी तीनतारे होटल डिभोटी बिक्री गरेको बताए पनि उक्त भनाइलाई सपोर्ट गर्ने कुनै पनि प्रमाण देखिदैन। महराले भने चार वर्षसम्म रकम नदिएपछि प्रहरीमा उजुरी हालेको र पटक–पटक पैसा माग्दा पनि श्रेष्ठले बेवास्ता गरेको आरोप लागाएका छन्। यो आरोपलाई तथ्य मान्ने हो भने त्यस्तो विषम परिस्थितिमा समेत श्रेष्ठ पक्षले भुक्तानीको लागि कुनै कसर बाकीं राख्न खोजेको देखिदैन |  तर स्मरण रहोस होटल बिक्रि गरेर गएपछि पनि होटलमा भएको ब्यबसाय बाट माछापुच्छ्रे बैंक मा रहेको होटल खाता बाट महरा र उनका सहयोगीले आफनो हस्ताक्षर् गरि करिब ३३ लाख  निकालेको बैंक स्टेटमेन्ट उपलब्ध रहेको साथै महराका टोलीले बिभिन्न समयमा  आएर बस्ने खाने गरेको करिब ८ लाख को बिल समेत होटल को खातामा बाकीं रहेको श्रेष्ठ समुहको  दाबी छ |

श्रेष्ठको पृष्ठभूमिलाई हेर्ने हो भने जनताको पक्षमा काम गर्ने नेतृत्वको रुपमा देखिन्थे । उनका बुबा दिलबहादुर श्रेष्ठले राजाको पालामा गृह, आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। केही वर्ष अघि मात्र सुदुरपश्चिमलाई राम्रो होस् भनेर होटेल खोलेका थिए। उक्त होटल मार्फत उनले पर्यटन क्षेत्रमा योगदान दिने सोच बनाएका थिए। तर उक्त होटल बिबादले उनको व्यवसायमा मात्र हैन पर्यटन क्षेत्रमा समेत असर पुर्याएको देखिन्छ। सुनसरी जिल्लाको नामाकरण समेत राजा महेन्द्रको समयमा उनका बुबा दिलबहादुरले गरेको बताइएको छ। सिनेट श्रेष्ठ स्वयम शिक्षा राज्यमन्त्री हुँदा युथ पोलिसी, स्पोर्ट्स पोलिसी र युवाहरुको लागि राम्रो काम गरेका थिए। उनले २०४५ सालमा भुकम्पले क्षति पुर्याएपछि धरानमा स्थानीय जनताहरुको ऋण मिनाहा गराउन ठुलो भूमिका खेलेका थिए। त्यस पछि जनताको पिडामा मलम लगाइदिएको भन्दै उनलाई त्यँहाका जनताले भव्य सम्मान समेत गरेका थिए। यधपी अहिले भने उनलाई बिबादमा ल्याउन अनेक प्रपन्च रचिएको समेत उनलाई नजिक बाट चिन्नेहरू बताउँछन्। उनलाई धेरैले समाजसेवी समेत भनेर चिन्छन। राजनीतिक रुपमा लामो समय व्यतित गरेका श्रेष्ठले कुनैपनि क्षेत्रमा गएर व्यक्तिगत लाभ हुने गरी धन आर्जन गरेको देखिंदैन। उनले आफ्नो व्यवसायबाट नै पुग्ने धन सम्पत्ति जोडेका छन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -