काठमाडौंः नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । जसका कारण बैठक १५ मिनेट स्थगित भएको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावलाई विनियोजन विधेयकको अंगकै रुपमै समेट्न माग गरेपछि एमाले सांसद्हरु संसद्को रोष्टममा उभिएर विरोध जनाएका हुन् ।
जिल्ला निर्वाचन खारेजी गर्न नहुने प्रस्ताव विनियोजन विधेयकको अंगको रुपमा नसमेट्दासम्म विधेयक अघि बढ्न नदिने उनले बताए।








































