Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५४:५२ दिउँसो
- ADVERTISEMENT -

पत्रकार दुर्व्यवहार गर्नेलाई कारबाहीकाे माग

प्रकाशित मिति: २०८० असार १३, बुधबार

258
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य एवं एबिसी टेलिभिजनकी पोखरा सम्वाददाता गीता रानालाई समाचार संकलनका क्रममा स्याङ्जा जिल्लास्थित भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले दुर्व्यवहार गर्दै बन्धक बनाएर प्रहरीको जिम्मा लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ कास्की शाखाका अनुसार उक्त नगरपालिकाका सूचना अधिकारीलाई रिपोर्ट तथा वृत्तचित्र निमार्णबारे आवश्यक जानकारी गराई असार १२ गते मंगलबार नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले किन तस्बिर खिचेको भन्दै पत्रकार रानालाई दुर्व्यवहार गर्दै एक घण्टा कार्यालय परिसरमै बन्धक बनाएर खिचिएको सबै तस्बिर र भिडियो मेटाएर प्रहरीको जिम्मा लगाएका थिए ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि सार्वजनिक पदमा बसेका जिम्मेवार अधिकारीबाट भएको यस्तो गैरजिम्मेवार हर्कत अत्यन्त निन्दनीय र स्वतन्त्र पत्रकारिता माथिको प्रहार हो । यो घटनाले संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुगेको महासंघको ठम्याई छ । महासंघ पत्रकार रानामाथि भएको यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कार्वाहीको दायरामा ल्याउन तथा पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा पेशागत अभ्यासमा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -