- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकाले ल्यायाे ८० करोडको बजेट

June 27, 2023
122
Shares
- ADVERTISEMENT -

गोरखा । सिरानचोक गाउँपालिकाको सम्पन्न १२ औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ८० करोडको बजेट ल्याएको छ ।

‘समृद्ध ऐतिहासिक सिरानचोकको सान: दिगो विकासको अभियान’ नाराका साथ सम्पन्न सभाले नीति तथा कार्यक्रम र १२ औ गाउँ सभा आज एकै दिन सम्पन्न गरेको हो । कार्यक्रममा २०८०/८१ को ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ अनुमानित बजेट पेस गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

जस अन्तर्गत तलब तथा प्रशासनिक खर्च तर्फ ९ करोड ८५ लाख, विषय क्षेत्र योजनाको लागि ७ करोड ९६ लाख, वडागत सिलिङ ५ करोड ३१ लाख, दिगो विकास लक्ष्य कार्यान्वयन तर्फ ४ करोड ५० लाख, गाउँपालिका गौरव योजनाको लागि १५ करोड ९० लाख, समपूरक अनुदान कार्यान्वयनतर्फ ४ करोड ९० लाख, सशर्त अनुदान कार्यान्वयनतर्फ ३० करोड १७ लाख, विशेष अनुदान कार्यान्वयन तर्फ १ करोड १५ लाख बजेट प्रस्तुत गरेको छ ।

यसै गरी बजेटले आर्थिक विकास, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, गरी मूल पाँच क्षेत्र चयन गरेको छ । आर्थिक विकास क्षेत्रतर्फ १ करोड ५९ लाख विनियोजन गरेको छ । जसअन्तर्गत कृषि तथा भूमि व्यवस्था, सिँचाइ, पशुपंक्षि, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति सम्पदा तथा पर्यटन र श्रम तथा रोजगार रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सामाजिक क्षेत्रमा १ करोड ५९ लाख विनियोजन गरेको छ जसअन्तर्गत स्वास्थ्य तथा पोषण, शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ, युवा खेलकुद तथा नवप्रवर्द्धन र महिला बालबालिका तथा समाज कल्याण रहेको छ ।पूर्वाधार क्षेत्रमा ३ करोड १८ लाख ४० हजार विनियोजन गरेको छ जस अन्तर्गत भवन आवास बस्ती, सडक पुल यातायात, जलस्रोत विद्युत् तथा वैकल्पिक ऊर्जा र सूचना तथा सञ्चार पर्दछ ।

वन तथा वातावरण व्यवस्थापनमा ७९ लाख ६० हजार विनियोजन गरेको छ जस अन्तर्गत वन तथा जैविक, भू- संरक्षण तथा जलाधार, वातावरण तथा फोहोर मैला व्यवस्थापन र विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता पर्दछ।

संस्थागत विकास तथा सुशासनमा ७९ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ जस अन्तर्गत: नीति, कानुन, न्याय, सुशासन, सेवा प्रवाह, सङ्गठनात्मक विकास, मानव संशोधन, श्रोत परिचालन, तथ्याङ्क प्रणाली र योजना व्यवस्थापन पर्दछ। यसै गरी वडा स्तरीय योजना तथा कार्यक्रमको लागि ५ करोड ३१ लाख ८ वडालाई निम्न अनुसार विभाजन गरेको छ ।

१ नं वडा ५९ लाख ९१ हजार ४ सय, २ नं वडा ६६ लाख ३२ हजार ५ सय, ३ नं वडा ६० लाख ७९ हजार ४०, ४ नं वडा ५७ लाख ०७ हजार २ सय, ५ नं वडा ६९ लाख ९९ हजार ९ सय, ६ नं वडा ७१ लाख ५० हजार ३ सय, ७ नं वडा ६८ लाख २२ हजार २ सय र ८ नं वडाको लागि ७७ लाख १७ हजार २ सय विनियोजन गरेको छ ।

गौरव योजनाहरूका लागि १५ करोड ९० लाख छुट्टाइएको छ। जस अन्तर्गत: मुख्य सडक देखि कार्यालय जोडने सडकहरू, ‘क’ वर्गमा वर्गीकृत गरिएका सडकहरू, अन्य महत्त्वपूर्ण सडकहरू, वडा कार्यालयका भवन निर्माण तथा स्तरोन्नति, गाउँपालिका प्रशासकीय भवन निर्माण, पालिका भित्र निर्माण गर्नुपर्ने पार्क तथा पर्यटन पुर्वाधारहरुको निर्माण, खानेपानी तथा सिँचाइ योजना निर्माण आदि छ ।

कार्यक्रममा बजेट भाषण पालिका उपाध्यक्ष रिता देवकोटाद्वारा प्रस्तुत गरिएको थियो र अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा बसेको सभाले बजेट विनियोजन पारित गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com