Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:२९ दिउँसो
- ADVERTISEMENT -

२४ अर्ब आन्तरिक ऋण उठाउने तयारीमा नेपाल राष्ट्र बैंक

प्रकाशित मिति: २०८० असार १०, आइतबार

144
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । राष्ट्र बैंकले असार ११ गते सोमबार बोलकबोल मार्फत २४ अर्ब ११ करोड २५ लाख बराबरको ट्रेजरी बिल बोलकबोल गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले असर ११ गते ट्रेजरी बिल बोलकबोल गरेर मंगलबार मंगलबार बिल निष्काशन गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ४ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाखको ट्रेजरी बिल, १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये ३ अर्ब ६१ करोडको ट्रेजरी बिल नयाँ हो भने बाँकि २० अर्ब ५० करोड २५ लाखको ट्रेजरी बिलको नवीकरण हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ।

राष्ट्र बैंकले यस अघि असार ४ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ।

बोलकबोलमा बहु–बोलमूल्य विधि ९अमेरिकी बोलकबोल प्रणाली० प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -