पोखरा। अन्तर्राष्ट्रिय योग दिवस २०२३ को अवसरमा भारतीय दूतावासको समन्वयमा पोखरामा विशेष योग शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापन र योग तथा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरूको सहकार्यमा बुधबार बिहान पोखरा रङ्गशालामा विशेष योग शिविर आयोजना गरिएको हो।

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने भएकाले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा सयौँ सर्वसाधारण सहभागी थिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका व्यक्तित्वहरू सहभागी थिए।









































