काठमाडौं ।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप १४ औं सस्करण आज बुधबार देखि भारतमा सुरु हुँदैछ । भारतको बैंगलुरु स्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफच्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहने छ ।
पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४औं संस्करण हो । उद्घाटन खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा समूह’ए’मा रहेको नेपालले बुधबार कुवेतको सामनागर्दैछ ।
नेपालले आफ्नो दोस्रो खेल असार ९ गते भारतसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।









































