आइसीसी विश्वकपको छनोटमा नेपाली खेलाडी कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कुशल भुर्तेलले टेस्ट राष्ट्र जिम्बाबेविरुद्धको नेपालको पहिलो खेलमा नै अर्धशतक बनाएका हुन् ।
जिम्बाबेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९.४ ओभरमा बिना विकेटको क्षतिमा ८४ रन बनाएको छ ।
कुशलले ६३ बलमा ८ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । उनलाई साथ दिइरहेका आशिफ शेख २९ रनमा क्रिजमा रहेका छन् ।
कुशलको यो एक दिवसीयमा छैटौं अर्धशतक रहेको छ ।
त्यस्तै उनले नेपालका लागि एकदिवसीयमा एक शतक प्रहार गरेका छन् । उनले घरेलु मैदानमा २०२३ को १४ फेब्रुअरीमा भएको आइसीसी लिग २ को खेलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए। उनले ११३ बलमा १० चौका र चार छक्काको मद्दत ११५ रन बनाएका थिए।









































