काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नभएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले सरकारले राष्ट्रिय बजेटको २० प्रतिशतशिक्षामा छुट्याएको भन्दै त्यो पर्याप्त नभएको बताएका हुन् ।
उनले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको भन्दै नेपालमा मात्रै नभई विश्वभरी नै शिक्षा क्षेत्रलाई सरकारले कम बजेट छुट्याउने गरेको टिप्पणी गरे । शिक्षा क्षेत्रको विकास विना देशको समग्र विकासमा समस्या हुने उनको भनाई छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भिर रहेको उनको तर्क छ ।
नेपाल सरकारले शिक्षकको वृद्धि विकासका लागि धेरै खाले तालिम, वर्कशप र सेमिनार लागयत संचालन गरिरेहको भन्दै उनले भावि पुस्तालाई सक्षम रुपमा निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा जीवनका लागि हुनुपर्ने उनको भनाई छ ।








































