काठमाडौँ – नेपालका लागि पाकिस्तान र दक्षिण कोरियाका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
सोमबार राष्ट्रपति भवन शितल निवासमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हुसैन हासमी र गणतन्त्र कोरियाका राजदूत पार्क तियोङ्गले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।







































