काठमाडौँ : आरके इन्टरटेनमेन्ट ग्रुपको २४ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
“ मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा ” यो मूल नारालाई आत्मसाथ गर्दै आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो २४ औ वार्षिक उत्सवको पावन अवसरमा जेष्ठ २७ गते शनिवारका दिन राष्ट्रिय नाचघरमा सम्पन्न गरेको हो ।
माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता र बिशेष आतिथ्यता कृष्ण कडेल, कार्यक्रमका सभापति किसन राज सिङ् ज्युको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा २०७९ सालमा आफ्नो र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनताहरुलाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा नै समर्पित गर्नेहरुलाई सस्थाले सम्मान प्रदान गरेको थियो ।
सम्मानितहरुमा जय बहादुर श्रेष्ठ , कृष्ण कडेल , कमल प्रशाद रिमाल, रोशन विश्वकर्मा , प्रेम लामा , तेजेन्द्र शर्मा पौडेल, प्रभु साह , भिम प्रशाद ओडारी, पुण्य ओडारी , सोमनाथ खरेल, मुना खरेल, नवराज तामाङ, प्राश्ना पाण्डे लगायतलाई सम्मान प्रदान गरिएको थियो ।
विभिन्न संघ सस्थाका पधादिकारीहरुको उपस्थिति र बाक्लो जनमासका साथै विभिन्न संचारमाध्यमबाट लाईभ टेलिकास्ट गरिएको थियो । उक्त क्रयक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किराती ज्युले संस्कृति उत्थान र समाजमा गरेका कामप्रति प्रसंसा गर्दै सस्था लाई सक्दो सहायोग प्रदान गर्ने बताउनु भएको छ ।
सस्थाका अध्यक्ष लक्की राम केसीले बोल्दै एउटा छुटै पहिचान बोकेको आरके इन्टरटेनमेन्ट ग्रुप सस्थाले आफ्ना २४ औ वार्षिक उत्सव भने भव्य समारोहका साथ कार्यक्रम सम्पन्न गर्दै आएको र विभिन्न संचार माध्यम हरुले साथ दिदै आएका बताउनु भयो।
उक्त कार्यक्रमको समापन समाजसेवी तथा आजिवन सदस्य प्रकाश कुँवरले गर्नु भएको थियो।








































