Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३६:४६ बिहान
- ADVERTISEMENT -

खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्ता, बार अध्यक्षसहित यी वकिलले गर्दै छन् बहस

प्रकाशित मिति: २०८० जेठ २१, आइतबार

225
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्तासहित दर्जनभन्दा बढी वकिलले बहस गर्ने भएका छन्।

खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहालले बहस गर्दै छन्। खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए।

त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणका पक्षमा बहस गर्दै छन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाँणका पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्। अधिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्।

नक्कली शरणार्थी प्रकरणमा खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये १८ जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैको बयान सकिएसँगै अदालतमा आज थुनछेक बहस सुरु हुँदैछ। बहस जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ। आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -