भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।
इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायत सरकारी अधिकारीले बिदाई गरेका थिए । उनीहरूले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।
सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरू तयार रहेको बताएका थिए । उनले भारत र नेपालबीच सदियौं पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए ।
यही जेठ १७ गतेबाट भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ।








































