Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:०१ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीदेखि रवि र बालेनसम्म भारतमा, संयोग कि सल्लाह ?

प्रकाशित मिति: २०८० जेठ १९, शुक्रबार

448
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा हाल भारत मै छन्।

उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन्।

उनले शुक्रबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय विद्युत व्यापार सम्बन्धि विभिन्न सम्झौता समेत भएको छ।

अहिले प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणको तालिका अनुसार विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त रहेका छन्। शुक्रबार मध्य प्रदेशको इन्दोरमा पुगेका छन्। उनी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएकै दिन यही बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारततर्फ लागेका थिए।
देशको प्रधानमन्त्रीदेखि संसदकोे प्रतिपक्षी दलका सभापति लामिछाने भारतमै रहेका बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारततर्फ लागेका छन्।

उनी बिहीबार भारततर्फ लागेका हुन्। उनको भारत भ्रमण पनि निजी भएको बताइएको छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री दाहाल, संसदको चौथो दलका सभापति लामिछाने र काठमाडौं महानगरकै मेयर भारतमै पुग्नु आकस्मिक हो या योजनाबद्ध भन्ने तर्क समेत गरेका छन्। कतिपयले यसलाई अनौठो संयोग हो या सल्लाह भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

रास्वपाका सभापति लामिछाने पारिवारिक कामले पत्नी निकिता पौडेलसँग भारत गएका हुन्। उनी अहिले पारिकारिक कामले भारतको मुम्बईमा छन्। उनी सोमबार स्वदेश फर्कने बताइएको छ।

उनको भारत भ्रमण विशुद्ध पारिवारिक भएको रास्वपाले जनाएको छ। प्रधानमन्त्रीसँग समय मिल्नु संयोग मात्रै भएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले डिसी नेपाललाई बताए।

उनले भने, ‘विशुद्ध निजी भ्रमण हो।पार्टीका अन्य नेता कसैको पनि सहभागीता छैन। उहाँहरु दुई जनामात्रै जानुभएको हो।’

प्रवक्ता ढकालका अनुसार लामिछाने नितान्त निजी कामका लागि भारत गएका हुन्। निजी भ्रमण भएकाले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय नभएको उनले प्रष्ट्याए।

महानगर प्रमुख शाहले उपमेयर सुनिता डंगोललाई कार्यबाहकको जिम्मेवारी सुम्पेर भारत तर्फ लागेका हुन्। उनी पत्नी सविना काफ्ले सहित भारतको बैंगलौरमा व्यक्तिगत कामका लागि हिँडेका हुन्।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले मेयर शाह व्यक्तिगत कामका लागि भारत लागेको डिसी नेपाललाई बताए। उनले पारिवारिक कामका लागि भारत गएकाले भ्रमणको उद्देश्यबारे अनभिज्ञता प्रकट गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -