गोरखा जेठ १८ ,गोरखा जिल्ला क्षेत्र नं. १ शहिद लखन गाउँपालिका वडा नं. ७ बुंकोटमा रहेको बुंकोट स्वस्थ्य चौकि २०८० जेठ ७ गते बिहानको समयमा बिधुत लाईन शर्ट भइ आगालागी हुदां स्वस्थ्य चौकि भवन तथा स्वस्थ्य सामाग्री पुर्ण रुपमा क्षति भएकोमा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र बजगाईको विशेष पहलमा नेपाल सरकार स्वस्थ्य मन्त्रालय, स्वस्थ्य विभागबाट स्वस्थ्य सामाग्रीलिई बुंकोट स्वस्थ्य चौकिलाई प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहिद लखन गाउँपालिका प्रमुख रमेश बाबू थापा, उपप्रमुख इन्दिरा तिवारी वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यबाहक सभापती इमानसिंह बस्नेत, जिल्ला सचिव कृष्ण आले,कमला लामिछाने वडाका जनप्रतिनिधि तथा अन्य आदरणीय ब्यक्तित्वहरुको उपस्थितिमा निम्न स्वस्थ्य सामाग्रीहरु सबैको रोहोबरमा हस्तान्तरण गरिएको थियो ।
१. अक्सिजन कन्सन्टेटर, ५ पिस
२. प्यारासिटामोल १०,००० पिस
३.सर्जिकल मास्क ८,००० पिस
४.ग्लोब्स लुज १,५०० पिस
५.थर्ममिटर ५ पिस
६.पल्स oxymeter spot check ५ पिस
७.N95 मास्क २००० पिस
८.Blood Cell counter (Dc counter ) १ पिस
९. counting chember १ पिस
१०. blood grouping glass plate १ पाकेट
११. Test Tube Stand २ पिस
१२. pipette-
-२० ml १ पिस -५० ml १ पिस -१०० ml १ पिस -१००० ml १
१३. ठुलो खाले डस्बिन-४ थान
१४. स्टेचर- २ थान
१५. खानेपानीको लागी-फिल्टर-२ थान
१६. अटोकेलेप(ड्रेसिङको सामाग्री पकाऊने भाडा) १ वटा










































