Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३८:०८ दिउँसो
- ADVERTISEMENT -

माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

प्रकाशित मिति: २०८० जेठ १६, मंगलबार

151
Shares

काठमाडौं, जेठ १६ गते । नेकपा (माओवादी केन्द्र)ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

मङ्गलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्नु भएको हो । त्यस अवसरमा महराले अपाङ्गता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष महराले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गर्नुभयो । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गर्नुभएको थियो ।

‘‘उहाँहरु एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपाङ्ग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेडन चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु ।,’’ उपाध्यक्ष महराले भन्नुभयो, ‘‘म यो प्रतिवद्धता पनि यहाँहरुलाई भन्न चाहन्छु । यसमा धेरै भन्नु छैन । उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । र केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रुमलिनु भयो । तर बाँकि जीवन थप साहसपूर्वक अगाडि बढने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ । त्यो पूरा होस् । हाम्रो शुभकामना कार्यक्रमलाई स्वीकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद ।’’

यसैगरी, कार्यक्रममा बोल्नुहुँदै बुढामगरले अपाङ्गताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताउनुभयो । उहाँले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि भनाइ व्यक्त गर्नुभयो ।

बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गर्नुभयो । ‘‘सगरमाथामार्फत् मैले यो अपाङ्गताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोशिस गरेको छु । पहिले सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो ।,’’ बुढामगरले भन्नुभयो,  ‘‘त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’’

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपराह्न सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -