काठमाडौं । नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक (जीएम) फेर्न आफूसामु तीन करोड रुपैयाँको प्रस्ताव आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खुलासा गरेका छन् ।
पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएकै दिनदेखि यो प्रस्तावका लागि फोन आउन थालेको जानकारी दिए । त्यसको करिब एक सातापछि ‘एक ठूलो मान्छे’ले भेटेरै यस्तो प्रस्ताव गरेको उनले सुनाए ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसित कुरा गर्दै पर्यटनमन्त्री किरातीले आफूलाई एक महिनामै तीन करोड आउने भन्दै निगमका प्रबन्ध निर्देशक फेर्न प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।
“वायुसेवा निगमको जीएम फेरौँ, तपाईंलाई टोकन मनी दुई करोड, फेरेको सात दिनमा अर्काे करोड, एक महिनामा तीन करोड प्रस्ताव भयो,” उनले भने ।
आफू मन्त्री भएको दिनदेखि नै ती ‘ठूला मान्छे’को फोन आएको र उनले एक्लै भेट्ने प्रस्ताव गरेको पनि मन्त्री किरातीले खुलाए । बाह्रखरी








































