काठमाडौं, जेठ १४-
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘विषयहरू मन्त्रालयहरूले तयारी गररहेका छन् । अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याको कुरा पनि छन् । ती विषयमा छलफल भइरहेका छन् औपचारिक निर्णय भइसकेको छैन ।’








































